-गोविन्द नयौपाने।
हे सम्पुज्य गुरुजनहरू सबै तिम्रै शरणमा परि
गाउँछु गाथा अनि बखान् हजुरको श्रद्धा र भक्ति गरि।
मैन बत्ती झैँ स्वयं जलि जगतमा सारा उज्यालो गर्यौ
ज्ञान् रूपी अति दिव्य ज्योती छरदै अज्ञानता तिम्ले हर्यौ ॥१॥
मन्त्री, हाकिम, डाक्टरै अरू कति तिम्रै कृपाले बने
देखिन्छन् ती सबै निपुण प्रतिभा आशिक् छ तिम्रो भने।
प्रेरित गर्छौ तिमी समान रूपले सत्मार्गमा लम्कन
यै पथमा हिँडने महान जनहरू थल्छन उडी चम्कन ॥२॥
बाँड्छौ ज्ञान अनि प्रसङ्ग ती मीठा अल्छी नमानी कती
विवेकशिल जनको प्रतिक हुन गइ झर्कन्नौ है एक रति।
‘स्वावलम्बी बनेस’ भनेर तिमीले आशिष दिएको लिएँ
‘हे गुरो तिमी स्वास्थ्य बाँचिरहनू’ यो ढोग मैले दिएँ ॥३॥
No comments:
Post a Comment