Monday, January 17, 2011

ओरालिएको जीन्दगी

हिउँ सरि बतास चल्दा बाहिर चिसो बढेको छ
नाङ्गिएको धर्ती हेरि विरही मन अढेको छ ।

शिशिरका यी रातहरु सडकमा काट्नु पर्दा
कष्टप्रद यो जीवनसँग अति रोस चढेको छ ।

खाते, भोकमारी अनि सडकछापका बिल्ला भिरि
गाली गरि फालिएको अन्नमा प्राण अढेको छ ।

पुस्तक बोक्ने हातहरु मेसिनमा सल्बलाउँदा
विकासको सम्बाहक रोगले आज लडेको छ ।

उन्युको यो रोदन हेरि धेरै गुलाब हासेका छन्
अप्राकृतिक विभेद अनि दम्भ यही अढेको छ ।

अध्यारो एक कुनाबाट क्षितिज हेरि टोलाउँदै
थाकेका यी नयनले हद संकीर्ण पढेको छ ।
- गोविन्द न्यौपाने

1 comment:

  1. अमेरिकाको व्यस्त जीवनमा पनि नेपाली साहित्यप्रतिको यस्तो योगदानलाई प्रशंसा नगरी मेरो मनै अडेन।अझ यो गजलको मौलिकताले स्रिजनाको गगन चुमेकोछ।

    ReplyDelete