Wednesday, January 12, 2011

कोलोराडोमा दूर्घटनामा परी रुपाको निधन

अमेरिकाको कोलोराडोस्थित लंगमन्टमा स्थायी बसोबास गर्दै आएकी रुपा नकर्मी वर्ष अन्दाजी ३०, को शनिबार राती कामबाट फर्कदै गर्दा गाडी दूर्घटनामा परी निधन भएको छ ।

अन्दाजी स्थानीय समय राती साढे दश बजेतिर आफ्नो घरतिर श्रीमान, तीन वर्षीय छोरो र श्रीमती यात्रा गरिरहेको बेला गाडी दूर्घटनामा परी श्रीमती रुपा नकर्मीको डेनभर अस्पतालमा पुर्याएपछि राती एक बजेतिर निधन भएको हो ।

नकर्मीका श्रीमानले चलाइरहेको गाडीलाई विपरित दिशाबाट आइरहेको अर्को गाडीले ठक्कर दिंदा रुपालाई गहिरो चोट लागेको थियो ।

हाल शवलाई पोष्टमार्टमका लागि स्थानीय शवगृहमा राखिएको छ ।

No comments:

Post a Comment