Sunday, February 13, 2011

गजल

विश्वास छैन अब मलाई तिम्रो ललिते बोलिको

यती धेरै समर्थ्यकाँ होला बन्दुकको गोलिको?


विवसताका बाहाना ती रैछन तिम्रा कुटिल चाल

किन यत्रो अवमुल्यन भयो चौबन्दी चोलीको?


पिरतीमा खेलबाड गर्न तिमी विश्व च्याम्पेन रहिछौ

किन यहाँ अँट्थ्यो तिम्रो सूची ब्वाय फ्रेन्डको टोलीको ?


पटक पटक नछुटिने कसम खाई नाटक गर्यौ

तिम्रै निम्ती साँची रख्या सिन्दुर बन्यो रङ् होलीको


कामना सफलताको नयाँ जीवन थाल्दैछौ रे!

कोशे ढुङ्गा बनोस तिम्लाई भेलेन्टाइन डे भोलिको

- गोविन्द न्यौपाने

No comments:

Post a Comment